दोलखा । बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्र्तगत छात्रा भलिबलमा दोलखाले स्वर्ण हात पारेको छ ।
घरेलु टिम दोलखाले आज भएको फाईनल खेलमा रामेछापलाई पराजित गर्दै स्वर्ण हात पारेको हो । दोलखा सदरमुकाम चरिकोटस्थित कवर्डहलमा भएको खेलमा दोलखाले रामेछापालई सोझो सेटमा पराजित गरेको छ ।दोलखामा पहिलो पटक प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना भएकोमा जिल्लाका छात्रा भलिबल टोलीले ऐतिहाँसिक जित निकालेका छन् । घरेलु मैदान र दर्शकको साथमा दोलखाले ऐतिहाँसिक जित निकालेको हो ।
प्रदेशस्तरीय खेलमा स्वर्ण जित्ने टोलीले १५ औँ राष्ट्रपति रनिङशिल्डमा सहभागिता जनाउन पाउनेछन् । १७ गतेदेखि सुरु भएको प्रतियोगितामा आज सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको समन्वयमा भएको प्रतियोगितामा प्रदेश भित्रका १३ वटै जिल्लाका खेलाडीहरु सहभागि थिए ।
प्रतियोगिता अन्र्तगत कराते, तेक्वान्दो, कवड्डी, एथलेटिक्स र भलिबल खेल भएको थियो ।